भारतीय रियालिटी शो ‘सुपर डान्स सिजन २’ सेटमा आगलागी भएको छ । शनिबार मुम्बइको स्थित आरके स्टूडियोमा आगो लागेर सेट जलेको हो । स्टूडियोलाई बलिउड नायक राज कपुरले सन् १९४८ मा मुम्बइको चेम्बुरमा स्थापना गरेका थिए । आगो निभाउनका लागि ६ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीका कारण मानविय क्षति नभएको बताईएको छ । शनिबार भने कुनै पनि सुटिङ थिएन ।

घटनापछि ऋषि कपुरले ट्विट गर्दै दुःख व्यक्त गरेका थिए । योसँग जोडिएका अमुल्य याद र आर के फिल्मका कपडा जलेर नष्ट भएको छन् । उक्त स्टूडियोमा थुप्रै बलिउड चलचित्रको छायांकन समेत गरिएको थियो ।

For More videos Log on to Mazzako TV