गायिका मिलन अमात्यले डिभोर्स गरेकी छिन् । पति मेन्सन अमात्यसँग उनले जिल्ला अदालतमा पुगेर डिभोर्स गरेकी हुन् । करिब ६ बर्ष लामो बैबाहिक जीवनलाइ अन्त्य गर्दै उनले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी हुन् ।

मिलनले पतिसँग डिभोर्स गर्नुको कारण आफ्नो सांगीतिक करिअर बताएकी छिन् । पतिले आफूलाइ सांगीतिक करिअरमा सहयोग नगरेको मिलनको छ । उनले, संगीत र करिअरमा आफूलाइ गीतसंगीतलाइ रोजेको बताएकी छिन् ।

तर, यता मिलनले पतिसँग डिभोर्स गर्नुको कारण श्रीमान् नभइ गायक दीपक लिम्बुसँगको अफेयरको कुरा रहेको मिडियामा चर्चा छ । दीपक लिम्बुसँग प्रेम सम्बन्धमा रहेका कारण उनले पतिसँग डिभोर्स गरेको चर्चा नेपाली मिडियामा चलिरहेको छ । तर, मिलनले भने अहिले आफू घरयासी समस्यामा परेको भन्दै मिडियामा गलत चर्चा नगरिदिन आग्रह समेत गरेकी छिन् ।

For More videos Log on to Mazzako TV