फिल्म ‘के म तिम्रो होइन र’ रिलिज हुँदा अभिनेता आर्यन अधिकारीले निकै चर्चा पाए । विशेषगरि, उनको शरीरको खुबै चर्चा भयो । फिल्म क्षेत्रमा प्रवेश गर्दा आकर्षक जीउडाँल बनाएर प्रवेश गरेका आर्यन लामो रेशको घोडा बन्ने चर्चा सोही समयमा सुरु भयो ।

यो फिल्म आंशिक रुपमा चलेपछि आर्यनको चर्चा पनि भयो । आर्यनले यसपछि लगालग फिल्ममा काम गरिरहेका छन् । तर, करिब डेढ बर्षसम्म नयाँ फिल्म रिलिज नहुँदा आर्यन कता हराए कि भन्ने दर्शकलाइ पर्न थालेको छ ।

यो फिल्मपछि आर्यनले अभिनेत्री प्रियंका कार्कीसँग फिल्म ‘बटरफ्लाइ’मा काम गरे । यो फिल्मको रिलिज डेट पोष्टपोन्ड हुँदा आर्यन केही समय पछाडि धकेलिए । नेपाली फिल्म बजारमा अभिनेताहरुको स्टारडमको कुरा चलिरहँदा आर्यनका लागि पनि मार्केटमा छाइरहन आवश्यक छ ।

आर्यनले यसपछि बलिउड कलाकार राजपाल यादवको साथमा फिल्म ‘करोडपति’मा काम गरिसकेका छन् भने अहिले फिल्म ‘जस्मिन’मा काम गरिरहेका छन् । तर, अब उनका लागि चाडो भन्दा चाडो फिल्म रिलिज हुन आवश्यक छ ।

For More videos Log on to Mazzako TV