फिल्म ‘प्रेमगीत २’ले आफ्नो प्रदर्शनको ५१ दिन पुुरा गरेको छ । साउन १३ गतेबाट रिलिज भएको यो फिल्मले असोज १ गते आफ्नो प्रदर्शनको ५१ दिन पुरा गरेको हो । सो अवसरमा निर्माता सन्तोष सेनले अभिनेता प्रदिप खड्कालाइ कार उपहार दिएका छन् । फिल्मको ५१ दिने सफलता पार्टीमा उनले प्रदिपलाइ कार उपहार दिए ।

रातो रंगको कार उपहार पाएपछि प्रदिप त्यसमा चढेका थिए । सो अवसर पारेर केक काटेर सेलिव्रेशन पनि गरियो । नेपाली फिल्म क्षेत्रका चर्चित फिल्मीकर्मी, पत्रकारको उपस्थितीमा यो फिल्मको यूनिटले ५१ दिनको पार्टी आयोजना गरेको हो ।

यस्तै, कार्यक्रममा फिल्मको शिर्ष गीतको कभर प्रतियोगीताका विजेता महिला र पुरुष पनि घोषणा गरियो । रामशरठ पाठकको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरीको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV