बलिउड अभिनेत्री कंगना रनौतले अभिनेताको बाराबरी अभिनेत्रीले पनि पारिश्रमिक पाउनु पर्ने बताएकी छिन् । यहि बिषयमा बहस चलाउँदै आएकी कंगना भन्छिन्–‘अभिनेता र अभिनेत्रीमा पारिश्रमिकमा भेदभाव किन ? अभिनेता सरह अभिनेत्रीले पारिश्रमिक माग्न मिल्दैन ? म भन्छु कि यदी हामी नै आफूलाई छोटो सम्झन्छौ भने आगामी दिनमा पनि अभिनेत्रीमाथि भेदभाव भइरहन्छ ।’


बलिउड इन्डस्ट्री अभिनेताहरुको मात्र होइन कंगनाको भनाई थियो । बलिउड इन्डस्ट्रीमा कंगनाले दश वर्षमा कयौ रेकर्ड बनाईसकेकी छिन् । उनि भन्छिन् ‘मैँले किन बराबरी पारिश्रमिक नमाग्ने ?’ शुक्रवारबाट कंगना अभिनित फिल्म ’सिमरन’ प्रदर्शनमा आएको छ ।

For More videos Log on to Mazzako TV