गायक तथा संगीतकार भुवन सुप्तिहाङको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आउदो रहेछ जीन्दगीमा यस्तो मोड पनि’ बोलको गीतको म्युजिक भिडियो हालै युट्युबमा सार्वजनिक भएको हो । गीत निकै सन्देशमुलक रहेको छ । गीतको म्युजिक भिडियोले गीतको शब्दलाई मज्जाले न्याय गरेको देखिन्छ । कसैलाई सहयोग गरेकै भरमा शंका गरेर अनावश्यक यातना दिइएको दृश्य म्युजिक भिडियोमा देखाइएको छ ।

गीतमा संगीतकार तथा गायक भुवन सुप्तिहाङको स्वर रहेको छ । विश्वकाजी राईको शब्द रहेको गीतलाई महाराजा थापाले एरेन्ज गरेका हुन । भुवनले सम्मान मेरो एल्वममा उक्त गीत समावेश गरेका छन । गीतको म्युजिक भिडियोलाई युवराज राइले छायाँकन गरेका छन । कृष्ण आचार्यको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा दिक्पाल कार्की बर्षा शिवाकोटी र सुजन राईले अभिनय गरेका छन । हेर्नुस भिडियो :

For More videos Log on to Mazzako TV