नेपाली फिल्म क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी अभिनेत्री बर्षा राउतले एक फिल्मका लागि धुम्रपान गर्न नै सिकिन् । उनले त्यस अगाडि कहिल्यै पनि चुरोट पिएकी थिइनन् ।

तर, असोज ११ गतेबाट रिलिज हुन लागेको फिल्म ‘छक्का पन्जा २’का लागि उनले चुरोट नै पिउन सिक्नुपर्यो । बर्षाका अनुसार फिल्म छायांकनको २ महिना अगाडिबाट उनले चुरोट पिउन सिकेकी थिइन् ।

फिल्ममा उनको भूमिका आधुनिक यूवतीको छ । छोटो पहिरन, बाटेको कपालका साथमा हिड्ने बर्षा निकै आधुनिक शैलमिा देखिएकी छिन् । जसकाकारण, उनले फिल्म भित्र प्रशस्त्र चुरोट तानेकी छिन् । तर, बर्षाले फिल्म छायांकन सकिएसँगै चुरोट पिउन पनि छाडेकी छिन् ।

For More videos Log on to Mazzako TV