नेपाली फिल्म क्षेत्रका सुपरस्टार अभिनेता भूवन केसीको आज जन्मदिन हो । असोज १ गते जन्मिएका केसी अहिले अभिनेताबाट निर्देशक समेत भैसकेका छन् । नेपाली फिल्म निर्माण र अभिनयमा सक्रिय केसीले दर्जनौ हिट फिल्म दिइसकेका छन् । उनले निर्देशन गरेको पहिलो फिल्म ‘ड्रिम्स’ व्यापारिक रुपमा हिट भएको थियो ।

अभिनेता केसी अहिले छोरा अनमोल केसीसँग अमेरिकामा छन् । एक अवार्ड समारोहमा पुगेका अभिनेताद्धय भूवन र अनमोल एक महिनादेखि अमेरिकामा नै रमाइरहेका छन् ।
उनै, भूवन केसीलाइ उनकी लिभिङ टूगेदर प्रेमिका जीया केसीले फेसबुकमा शुभकामना दिएकी छिन् ।

उनले हरेक कुरामा सफलता प्राप्त होस् भन्दै शुभकामना दिएकी छिन् । भूवन केसी र जीया केसी केही बर्षदेखि लिभिङ टूगेदरमा बसेपनि यी दुइले आफूहरुको सम्बन्ध पनि सार्वजनिक गरेका छैनन् ।

For More videos Log on to Mazzako TV