सुर्दशन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ ले ५ करोड माथिको व्यापार गर्दै ५२ र ६५ औं दिन पार गरेको छ । वर्षकै पहिलो सुपरहिट बनेको फिल्म ‘म यस्तो गीत गाउँछु’ कतिपय हलहरुमा ५२ र ६५ औं दिनमा चलिरहेको हो । शनिवारबाट फिल्मले अष्टनारायण हलमा ५२ औं र गोपिकृष्ण र गुण हलमा प्रदर्शनको ६५ औं दिन पूरा गरेको छ । नेपाली फिल्मले ५१ दिन मनाएको अवसरमा सेलिव्रेशन गर्ने प्रचलन छ । तर, निर्देशक सुदर्शन थापा र उनको टिमले ‘म यस्तो गीत गाउँछु २’ बनाउने घोषणा गरिसकेका छन् ।

५१ दिनमा सेलिव्रेशन नमानाएको फिल्मको ७५ वा सय दिने सेलिव्रेशन गर्ने तयारीमा त छैन ? दर्शकमाझ ‘म यस्तो गीत गाउँछु’ ले ७५ वा सय दिन मनाएको खुशी साट्न चाहन्छौ सुदर्शनले भने– हामी पक्कै पनि फिल्मको सफलताको विशेष कार्यक्रम नै आयोजना गर्छौ ।’ लभस्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङ लगायत कलाकारको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV