मह सञ्चारले बनाउन लागेको फिल्म ‘शत्रु गते’ निर्माण घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । निर्माणको लामो ग्यापपछि मह जोडीले ‘सत्रु गते’ बनाउन लागेको हो । फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।

करिब १७ वर्षको ग्यापपछि मह सञ्चारबाट ‘शत्रु गते’ निर्माण हुन लागेको हो । मह सञ्चारले यसअघि ‘फिलिम, तँ त साह्रै विग्रिस नी बद्री, जे भो राम्रै भो’ लगायतका फिल्म निर्माण गरिसकेको छ । फिल्ममा नव कलाकार देखि पुराना पुस्ताका चर्चित अनुहार एकसाथ काम गर्दैछन् । पैसा कमाउने भन्दा पनि दर्शकको मनमा बस्ने चलचित्र निर्माण गर्ने लागेको मदन कृष्ण श्रेष्ठले बताए । पुराना तथा नयाँ कलाकार एकसाथ काम गर्दा हामी जस्ता पुरा कलाकारको आयु बढ्ने हरिबंश आचार्यको भनाई थियो ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा, किरण के.सी लगायतका कलाकरको अभिनय रहनेछ । चलचित्रमा हरिवंश आचार्यको कथा तथा दिपकराज गिरी र प्रदिप भट्टराईको पटकथा रहनेछ । दीर्घ गुरुंगको छायाङ्कन रहने फिल्ममा कविराज गहतराजको नृत्य तथा राजनराज सिवाकोटीको सङ्गीत रहनेछ ।

कात्तिक ६ गतेबाट फ्लोरमा जानेछ भने तराई र काठमाडौँ लगायतका विभिन्न स्थानमा छायांकन हुने निर्माण पक्षले बतायो । फिल्म रमिला आचार्य, यसोदा सुवेदी, नरेन्द्र कंसाकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त लगानी निर्माण हुनेछ ।

For More videos Log on to Mazzako TV