चर्चित भारतीय रियालिटि शो ‘बिग बोस’ को ७ औं सिजनका एक सहभागीे कार दुर्घटनामा परि सख्त घाइते भएका छन् । विवेक मिश्रा नयाँ दिल्लीमा आफ्नो कारमा हिँडिरहेको बेला दुर्घटना भएको बताइएको छ । दुर्घंटनापछि उनि अहिले उपचारको क्रममा छन् ।

बिबेक बिग बोसको ७ औं सिजनमा सहभागी भएका थिए । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियासँग विवेकले कुरा गर्दा बुधबार राति उनी कार दुर्घटनामा परेको बताए । उनी चढेको मर्सि्डिज कार टुक्रा टुक्रा भएको बलिउड मिडियामा खबर उल्लेख छ । विवेक पेशाले योगका प्रशिक्षक समेत हुन् ।

For More videos Log on to Mazzako TV