‘एक्सप्रेस कमेडी टुर’ नाम दिएर फिल्म ‘छक्का पन्जा २’का कलाकार बिहिबारदेखि मोफसल प्रचारमा निस्किएका छन् । बिहिबार दमकमा फिल्मका कलाकारले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री प्रियंक कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, कलाकारहरु जीतु नेपाल, केदार घिमिरे, स्वरुपपुरुष ढकाल, निर्देशक दीपाश्री निरौलाको टिम मोसफल दौडमा निस्किएको हो ।

दमकमा आयोजित कार्यक्रममा दर्शकको उल्लेख्य भीड देखिएको थियो । दीपक र प्रियंकाले फेसबुकमा पोष्ट गरेको तस्बिरमा उनीहरुलाइ दर्शकले साथ दिएको देखिन्छ ।
धेरै फिल्मको टिम काठमाण्डौ बाहिर पुगेर पत्रकार सम्मेलन मात्र गरेर फर्किएको देखिन्छ ।

तर, केही फिल्मको टिमले भने दर्शकसँग प्रत्यक्ष भेटघाट समेत गरेका छन् । ‘छक्का पन्जा २’ टिम पनि यही उद्देश्य लिएर कमेडी टुरमा निस्किएको हो । असोज ११ गतेबाट रिलिज हुने फिल्म अहिले प्रतिक्षामा छ ।

For More videos Log on to Mazzako TV