यो बर्षकै प्रतिक्षित फिल्मको रुपमा रहेको ‘छक्का पन्जा २’ टिम अब देश दौडाहामा निस्किएको छ । असोज ११ गतेबाट देशभरका हलमा रिलिज हुने फिल्म यूनिटले ‘एक्सप्रेस कमेडी टुर’ को तालिका सार्वजनिक गरेको छ । फिल्म रिलिज हुनका लागि अब २ साता मात्र बाँकी रहेको समयमा फिल्मको जम्बो टोली प्रचारका लागि काठमाण्डौ बाहिर निस्किएकोहो ।

भदौ २९ गते फिल्मका कलाकारले दमकमा दर्शकसँग रमाइलो गर्ने कार्यक्रम छ । त्यसपछी ३० गते इटहरी, ३१ गते हेटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा ‘छक्का पन्जा २’ टिम पुग्ने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिएका छन् । यो टुरमा फिल्मका सबै कलाकार सहभागी हुनेछन् । पोखरापछि काठमाण्डौ फर्किएर फिल्म रिलिजपछि फेरि बाँकी स्थानका दर्शकसँग साक्षात्कार गर्ने निर्माण यूनिटले बताएको छ ।

‘कमेडी टुर’मा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, दीपाश्री निरौला लगायतका प्राय सम्पूर्ण कलाकार हुनेछन् । गीत–संगीत, ट्रेलर, हिट व्यानर, मल्टीस्टारर टिमका कारण ‘छक्का पन्जा २’ अहिले सर्वा्धिक चर्चामा छ ।

For More videos Log on to Mazzako TV