सबैभन्दा पहिला हामी अभिनेत्री नीता ढुंगानालाइ जन्मदिनको अवसरमा शुभकामना दिन चाहन्छौ । फिल्म ‘मितिनी’मा बाल कलाकार हुँदै ठूलो पर्दाको यात्रा तय गरेकी थिइन् अभिनेत्री ढुंगानाले ।

उनै, अभिनेत्री आज नेपाली फिल्म क्षेत्रमा परिचित नाम बनेको छ । अभिनेत्री ढुंगानाले आज आफ्नो जन्मदिन विशेष तरिकाले मनाउँदैछिन् । साथीभाइ, पत्रकार र आफन्तको जमघटमा अभिनेत्रीले जन्मदिन सेलिव्रेशन गर्दैछन् ।

नेपाली फिल्म क्षेत्रमा नीताको नाम मध्यधारमा छ । नीताले आफूलाइ एउटा उच्च स्थानमा पुर्याउन नसकेपनि उनी असफल भएर फिल्म क्षेत्रबाट हराउन भने परेको छैन । कुनै समय बर्षमा एउटा हिट फिल्म दिदै आएकी अभिनेत्रीलाइ २ बर्ष यता खासै लक लागेको छैन । तर, पनि उनको व्यस्तता भने घटेको छैन । यसैले नीता एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् ।

फिल्म क्षेत्रमा लामो समयसम्म काम गरिराख्ने इच्छा उनको छ । नीता प्रेममा भने असफल देखिइन् । अभिनेता आमेष भण्डारीसँगको प्रेममा उनी केही बर्ष रहिन् । तर, पछि उनी र आमेषविच व्रेकअप भयो ।

For More videos Log on to Mazzako TV