नेपाली फिल्मको पाश्र्व गायनमा छुट्टै छाप छाड्न सफल गायक युवराज चौलागाईंको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता फिल्ममा स्वर दिएर चर्चित बनेका गायक युवराजको ‘आँखा भित्र’ बोलको गीत सार्वजनिक भएको हो । सुगम संगीतमा पनि कहलिएको नाम हो युवराज । उनै युवराजले यतिबेला आफ्नै संगीत तथा जादुमय स्वरमा ‘आँखा भित्र’ बोलको गीत लिएर आएका हुन् । दिपिका रिमाल थापाका शब्द रहेको गीतमा राजन ईशानको संगीत संयोजन छ ।

भूषण दाहाल निर्दे्शित म्युजिक भिडियोमा गायक चौलागाईंले समेत प्रमुख भूमिकामा अभिनय गरेका छन् भने, युवराजको श्रीमतीको भूमिकामा अनुष्का पाठक र छोराको भुमिकामा कुशाग्र भट्टराई देखिएका छन् । मार्मिक कथामा बनेको भिडियोमा गायक चौलागाईले मज्जाले अभिनयमा न्याय गरेको देखिन्छ । भिडियोमा धीरजजंग शाहको छायांकन र भरत रेग्मीको सम्पादन रहेको ।

For More videos Log on to Mazzako TV