मोडलबाट अभिनेता बनेका पुष्पल खड्काको पहिलो फिल्म नै असफल भयो । ‘दर्पण छाया २’ले बक्स अफिसमा गतिलो प्रदर्शन गरेन । दोश्रो फिल्म ‘मंगलम’को रिलिज टुंगो छैन । असोज ११ गते चल्ने भनिएको फिल्म सरेर फागुण ४ गते पुगिसक्यो । पुष्पलसँगै र उनीपछि फिल्म क्षेत्रमा आएका अभिनेताहरुको स्टारडम उचाइमा पुगिसकेको अवस्था छ ।

यस्तो अवस्थामा पुष्पललाइ एउटा दरिलो साथ र हातको जरुरी छ । यो साथमा निर्देशक नवल नेपाल अगाडि सरेका छन् । फिल्म ‘मंगलम’लाइ पनि नवलले नै निर्देशन गरेका थिए । अब, उनै नवलले पुष्पललाइ लिएर दोश्रो फिल्म निर्देशनको तयारी थालेका छन् ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा रुद्र खनाल कार्यकारी निर्माता, मिनु मल्ल निर्माताको रुपमा रहनेछन् । फिल्मको छायांकन मंसिरको दोश्रो साताबाट बन्दिपुर, काठमाण्डौ र रारामा हुनेछ । दीपक शर्माले फिल्मका लागि गीत लेखिरहेका छन् ।

पारिवारिक फिल्म बनाउन माहिर मानिएका निर्देशक नेपालको साथ पुष्पललाइ दरिलो रुपमा त मिलेको छ । के पुष्पलले नवलको साथमा सफलता हासिल गर्लान् त ?

For More videos Log on to Mazzako TV