मंगलबार काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा आयोजना भएको फिल्म ‘लिलिबिली’को पत्रकार सम्मेलनमा छुट्टै रौनिक देखियो । फिल्मका मुख्य अभिनेता प्रदिप खड्कालाइ पत्रकार सम्मेलनमै ४ जना बडिगार्डको व्यवस्था गर्नुपर्यो । मिलन चाम्सको निर्देशनमा बन्न लागेको यो फिल्मको पत्रकार सम्मेलनका लागि स्टेजसम्म पुग्नका लागि प्रदिप ४ जना विदेशी बडिगार्ड सहित उपस्थित भए ।

अहिले सामाजिक संजालमा यो बिषय निकै चर्को रुपमा उठिरहेको छ । सार्वजनिक कार्यक्रम, हलमा पुग्दा त केही बडिगार्डको आवश्यकता ठिकै होला ? तर, पत्रकारसँग कसरी असुरक्षित भए छन् अभिनेता खड्का र उनलाइ बडिगार्ड चाहियो ? यो प्रश्न सामाजिक संजालमा निकै उठिरहेको छ ।

तर, यो फिल्ममा अभिनय गर्नका लागि प्रदिपको डिमाण्ड यत्तीमात्र थिएन । उनले फिल्ममा २२ लाख पारिश्रमिक लिएका छन् । साथमा, थाइल्याण्ड र बर्माको राइट्स समेत लिएका छन् ।

दुइवटा फिल्म हिट हुने वित्तिकै प्रदिपको यो डिमाण्डले अहिले अब नेपाली फिल्मका केही कलाकार निकै चर्को भएको चर्चा हुन थालेको छ । के अब, प्रदिपलाइ कुनै निर्माताले सहजै फिल्ममा काम गराउन सक्लान् र ?

For More videos Log on to Mazzako TV