नेपाली फिल्म क्षेत्रमा छोटो समयमा नै सुपरस्टार बनेका अभिनेता अनमोल केसी अहिले अमेरिका छन् । पिता भूवन केसीको साथमा उनी अमेरिका गएको ३ साता बढी भैसक्यो । तर, भूवन र अनमोल नेपाल फर्कने सुरसार छैन ।

फिल्म ‘कृ’को अझै पनि छायांकन बाँकी छ । अभिनेता केसीको फिल्म रिलिज नभएको २ बर्ष हुन लागिसक्यो । फिल्म लामो समयसम्म रिलिज नहुँदा कलाकारको चर्चा विस्तारै सेलाउँछ र अर्काले ओभरटेक गर्ने संभावना बढी हुन्छ । अनमोल नेपाल आएर मात्र फिल्मको छायांकनमा सामेल हुनेछन् ।

अभिनेता भूवन केसीका अनुसार टिकट नमिलेका कारण उनीहरु फर्कन नपाएका हुन् । उनले आफूहरु सेप्टेम्बर २२ तारिखमा नेपाल आउने जानकारी दिएका छन् । अनमोल अभिनित यो फिल्मको अहिले दर्शकलाइ ठूलो प्रतिक्षा छ । तर, अभिनेता केसी भने पिता भूवन केसीसँग अमेरिकामा नै रमाइरहेका छन् ।

For More videos Log on to Mazzako TV