देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को औपाचारिक निर्माणको घोषणा भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म निर्माणको जानकारी गराइएको हो । फिल्ममा बलिउड कलाकार सहित नेपालका केही कलाकारको समेत भूमिका रहनेछ । जय राज राय र नीशा खतिवडाको निर्माण रहने फिल्म ‘दि कर्मा’ मा दीपक आनन्द, करण कुमार वर्मा, क्षितिजा शाक्य, नसीमा आचार्य, अनुप सक्सेना लगायतको अभिनय रहनेछ ।

बलिउड तथा दक्षीण भारतिय फिल्ममा काम गरिरहेका दीपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका बलीउड फिल्म तथा मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरेका छन् । फिल्ममा शुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी रहने छ । हिन्दी र नेपाली भाषमा निर्माण हुने फिल्म मंसिर फ्लोरमा जाने छ भने, प्रदर्शन ०७५ सालको बैशाखमा रिलिज गरिने गर्ने लक्ष्य राखिएको निर्माण पक्षले बताएको छ ।

For More videos Log on to Mazzako TV