ब्यस्त समयको वाबजुद करिब एक वर्षको अन्तराल पछि पुनः नायक मुकेश ढकाल नेपाली राजपटमा फर्केका छन्।उनि “धुन” नामक चलचित्रबाट कम्ब्याक भएका हुन्।सांगीतिक प्रेम कथामा आधारित फिल्ममा उनि एक सांगीतिक दुनियामा संघर्ष गर्ने युवकको भूमिकामा देखिने छन्।मुकेश अलवा यो फिल्ममा केकी अधिकारी जीवन लुइँटेलको मुख्य भूमिका रहने छ।

करिब एक बर्ष अघि एक्कसीडेन्ट फिल्ममा अभिनय गरेर किन हराउनु भयो भन्ने प्रश्नमा मुकेशले प्रस्ट पार्दै भने आफ्नै घरायसी काम तथा व्यापारले गर्दा म रजतपटमा आउन सकिन अब यसपछि नियमित देखिने छु।”धुन”मेरो जीवनको लागि अर्को टर्निंग पोइन्ट हुने छ ।

तारासीतारा”को ब्यानरमा मालती शाहको “धुन”यहि बैशाख देखि फ्लोरमा जाने र छयांकन पोखरा तथा काठमाडौँको रमणीय स्थलमा हुने छ। सुशील शाहको प्रस्तुतिमा मधु-सुधन ढकाल र श्रेया दुलालले संयुक्त रुपमा लगानी गरेको फिल्ममा संगीत लक्की सिटौला रहेको छ।फिल्मलाइ निर्देशन कृष्ण पौडेलले गर्दै छन् ।

For More videos Log on to Mazzako TV