मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘लिलिबिली’ को घोषण गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक घोषणा गरिएको हो । काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेन्टको संयुत्त प्रस्तुतीमा निर्माण हुने फिल्म ‘लिलिबिली’ बाट दुई नायिकाले एकसाथ डेव्यु गर्दैछन् ।

युकेमा बस्दै आएकी जसिता गुरुङ र रेविका गुरुङ डेव्यु गर्न लागेका हुन् भने ‘पे्रम गीत’ बाट सुपरहिट भैसकेका प्रदिप खड्का मुख्य भुमिकामा अभिनय गर्दैछन् । तिहार पछि छायाँकन सुरु गरिने ‘लिलिबिली’ को सम्पुर्ण छायाँकन युके, स्कटल्याण्ड र इङल्याण्डमा हुने निर्माण पक्षको भनाई छ । लभ स्टोरी जनरामा निर्माण हुने फिल्म चैत्र ३० गते रिलज गरिने बताइएको छ ।

For More videos Log on to Mazzako TV