नेपालमा केही अभिनेता मात्र छन्, जो आफ्नो दममा फिल्म चलाउन सामाथ्र्य राख्छन् । तर, अभिनेत्रीहरुको हकमा भने यो कमै मात्र लागू भएको छ । अभिनेत्री रेखा थापाले मात्र अहिलेसम्म आफ्नै ब्यानरका फिल्म आफ्नै दममा चलाउँदै आएकी छिन् ।

तर, विस्तारै फिल्म क्षेत्रमा केही अभिनेत्रीहरुको जन्म हुन थालेको छ जसले आफ्नै दममा फिल्म चलाउने सामथ्र्य राख्छन् । फिल्म ‘म यस्तो गीत गाउँछु’की निर्मात्री तथा अभिनेत्री पूजा शर्माले आफ्नै दममा यो फिल्म चलाइन् । पूजाको क्रेजले यो फिल्म चल्नमा ठूलो मद्दत गर्यो । बर्षकै पहिलो सुपरहिट फिल्मका कारण पूजा चर्चामा छिन् । अब, उनले निर्देशक सुदर्शन थापासँग सहकार्य गर्दै दुइवटा फिल्म बनाउने घोषणा गरिसकेकी छिन् ।

पूजा जस्तै आफ्नै दममा फिल्म चलाउन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमा पनि क्षमता देखिएको छ । फिल्म ‘ए मेरो हजुर २’मा नव–अभिनेता भएका कारण पनि साम्राज्ञीलाइ दबाब बढी थियो । यो फिल्म असफल भएको भए सलिनमान बनियाँ भन्दा बढी प्रभाव साम्राज्ञीलाइ पर्ने पक्का थियो । तर, उनले आफ्नै दममा फिल्म चलाइन् । ‘ए मेरो हजुर २’ले आक्रामक कलेक्शन गर्यो ।

पूजा र साम्राज्ञी जस्तै अन्य अभिनेत्रीमा आफ्नै दममा फिल्म चलाउने क्षमता देखिएको छैन । हेरौ, अब अन्य को अभिनेत्री आउने हुन् जसले आफ्नै अनुहारका कारण फिल्म चलाउने क्षमता राख्छन् ।

For More videos Log on to Mazzako TV