कात्र्तिक २ गतेबाट सार्वजनिक प्रर्दशन हुने नायिका रेखा थापा तथा नायक आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । करिब साढे दुई मिनेट लामो ट्रेलरेमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट समावेश छ ।


फिल्मको ‘चिरविरी चाँचरी’ बोलको गीत हिट र रेखा र आर्यन ८ वर्षको ग्याप पछि एकसाथ काम गरेकाले पनि ‘रुद्रप्रिया’ प्रतिक्षित बनेको छ । सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ । सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV