नेपाली फिल्म क्षेत्रका नयाँ सुपरस्टार को होलान् ? केही अभिनेताहरु फिल्म क्षेत्रमा आएसँगै उनीहरुमध्ये कोही एकलाइ स्टार र सुपरस्टार मान्नेहरुको यहाँ कमी छैन । फिल्म ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि अभिनेता पल शाहलाइ पनि स्टार भन्न थालिएको छ । तर, अभिनेता पल भने आफू भन्दा पनि अर्का एक अभिनेतालाइ स्टार मान्छन् ।

अभिनेता शाहका अनुसार, अहिलेको सुपरस्टार अभिनेता अनमोल केसी हुन् । अनमोल केसीकै कारण हलमा यूथहरु आउन थालेको वुझाइ उनको छ । अभिनेताले यूथहरुलाइ हलसम्म ल्याउनका लागि प्रयास गरेको पलले बताएका छन् । जसकाकारण पनि पलले अभिनेता केसीलाइ सुपरस्टार मानेका छन् ।

अनमोल फिल्म क्षेत्रमा आएसँगै उनी पछि आएका केही अभिनेतालाइ दर्शकले पत्याउन थालेका थिए ।

For More videos Log on to Mazzako TV