अभिनेता जीवन लुइटेलको आज जन्मदिन हो । नेपाली फिल्म क्षेत्रमा चकलेटी अभिनेताको रुपमा परिचित भएका जीवन अहिले नेपालमा छैनन् । ‘मिस्टर नेपाल’ भएपछि नेपाली फिल्म क्षेत्रमा एकाएक चम्किएका थिए जीवन । उनले अभिनय गरेका कैयौ फिल्मले निर्माताको गोजी भरिदिए ।

‘नाइ नभन्नु ल’को २ सिरिजदेखि जीवनले थुप्रै फिल्ममा लभर ब्वायको भूमिका निर्वाहा गरेका छन् । तर, जीवन जसरी नेपाली फिल्म क्षेत्रमा उदाए त्यसरी नै हराए पनि ।
जीवन अहिले अमेरिकामा छन् । उनको नेपाली फिल्म क्षेत्रमा खासै बजार छैन । उनलाइ लिएर निर्माताले फिल्म बनाउन छाडेपछि उनले पनि अमेरिकातिर नै रहने सोच बनाएका हुन् ।

फिल्म क्षेत्रमा केही बर्ष नम्बर १ को स्थानमा रहेका यी अभिनेता राम्रो कवि पनि हुन् । उनले ‘नायक’ नामक कविता संग्रह पनि निकालेका छन् । जीवनलाइ जन्मदिनको धेरे धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV