अहिले फिल्म ‘२ रुपैयाँ’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । दुइ दिनमा २ करोड माथिको ग्रस कलेक्शन गर्दै निर्मातालाइ सुरक्षित राखेको यो फिल्मको ‘कुटुमा कुटु’ बोलको गीत पनि सर्वाधिक सफल रह्यो ।

अब, यो गीतले युटुबमा नयाँ रेकर्ड राखेको छ । युटुबमा सर्वाधिक हेरिने नेपाली गीतमा फिल्म ‘वडा नम्बर ६’मा समावेश ‘सुर्के थैली खै’ बोलको गीत थियो । अब, यो गीतलाइ ‘कुटुमा कुटु’ले उछिनेको छ ।

यो गीतलाइ युटुबमा यो समाचार तयार पार्दासम्म २ करोड १९ लाख ४२ हजार भन्दा बढी पटक हेरिएको छ । योसँगै यो गीत युटुबमा सर्वाधिक हेरिने गीत बनेको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा रहेको गीतमा राजन र मेलिना राइ, राजन इशानको स्वर छ ।

For More videos Log on to Mazzako TV