आफ्नो दुनियालाई अष्ट्रेलियाबाट बेग्लै बनायर त्यहीबाट नेपाली गीतसंगीतबाट संसार घुम्ने चाहना राख्ने गायक समीर आचार्य फेरि पनि नयाँ सांगीतिक तहल्काको साथमा आएका छन् । केही समय अगाडिमात्र ‘दुनीया बेग्लै छ र चट्ट सलाम छ नक्कली काली’ लगायतका गीतहरुले नेपाली दर्शक श्रोताको माया जीतेका समीरले यो पटक सल्यानी टप्पा गीतमा अर्को दुनीया बेग्लै गरेका छन् ।

उनको यस टप्पाको मादलको तालमा साथ दिएको छ अष्ट्रेलियामा रहेर नेपालीहरुमाझ विश्व परिचित डान्स ग्रुप द नेक्सट टिमले । ‘घीन घीन बज्यो मादलु मादलको तालमा नाच’ बोलको यस गीतमा शब्द तथा संकलन चीन्तामणी शर्माको रहेको छ । पुरानो गीतलाई रीमेक गरेर त्यसैको ओरजीनल स्वाद नया श्रोता तथा दर्शकमा पस्केर फेरी त्यही भाकालाई ट्रेन्डिङमा ल्याउने उनको जमर्को छ ।

उनी भन्छन्-‘यो गीत एक पटक काफी छैन यसलाई मन बुझाउन ५ पटक हेर्नेु पर्छ र ५ पटक सुन्नु पर्छ र यो कुरामा म ढुक्क छु ।’ द नेक्कसटको धमाकेदार नृत्य रहेको यस गीत ३ दीन लगाएर सिडनीमै भिडीयो गरीएको हो ।

For More videos Log on to Mazzako TV