हुनत, अभिनेत्री आना शर्मालाइ नेपाली फिल्म क्षेत्र नफापे पनि उनलाइ खासै फरक पर्नेवाला छैन । तर, पनि अभिनेत्रीको रुपमा फिल्म क्षेत्रमा भित्रिएपछि भने आनाका लागि यहाँ स्थान बनाउन जरुरी छ । फिल्म ‘जेरी’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा उनी निकै लाइमलाइटमा थिइन् ।

आनाले अभिनय गरेको यो फिल्म हिट भयो, जोडी थिए अनमोल केसी । अनमोल केसीका कारण पनि यो फिल्म हिट भएको भन्ने धेरै थिए । तर, आनाको कामलाइ रुचाइएन मात्र, उनलाइ नेपाली फिल्म क्षेत्रमा सुपरस्टारको रुपमा पनि हेर्न थालियो ।

तर, दोश्रो फिल्म ‘ग्याङस्टार ब्लूज’ रिलिज भएपछि भने आनाको करिअर अब के भन्ने खालका प्रश्न उब्जिएका छन् । आना अभिनित यो फिल्म चलेन । फिल्म नचलेपछि आना पनि चलिनन् । यो फिल्ममा आनाले गरेको भूमिकालाइ पनि खासै तारिफ मिलेन ।

यसै त, नेपाली मिडियाबाट टाढा हुने गरेकी आना फिल्म नचल्दा झनै ओझेलमा परेकी छिन् । के आनाले नेपाली फिल्ममा स्थान बनाउलिन् त ?

For More videos Log on to Mazzako TV