अभिनेत्री मलिना जोशीले कुनै समय फिल्म क्षेत्र छाड्ने मुड बनाएकी थिइन् । तर, फिल्म ‘रानी’ मा जोडिएपछि भने उनलाइ फिल्म क्षेत्र छाड्न मन लागेन । फिल्म ‘रानी’को काठमाण्डौमा आयोजित गीत सार्वजनिक कार्यक्रममा उपस्थित मलिनाले यो कुराको जवाफ दिइन् ।

मलिनाले आफू त्यस्तै परिस्थितीसँग गुज्रिएका कारण फिल्म क्षेत्र छाड्न चाहेको समेत बताइन् । तर, फिल्म ‘रानी’को टिमसँग जोडिएपछि भने उनको दिमागबाट यो कुरा हट्यो । मलिनाले पत्रकार सम्मेलनमा भनिन्–‘हो, हामी मिस नेपालहरु फिल्म क्षेत्रमा आउँदा बातावरण पनि त्यस्तै बनोस् भन्ने चाहन्छौ । तर, त्यो पुरा नहुँदा हामीलाइ काम गर्न मन लाग्दैन ।’

फिल्म ‘रानी’लाइ दयाराम दाहालले निर्देशन गरेका हुन् । उनले मलिना ‘मिस नेपाल’ भएका कारण नलिएको बताए । यो फिल्म कात्तिक २ गतेबाट नेपालभर रिलिज हुँदैछ । फिल्ममा मलिनाको साथमा सारुक ताम्राकार, मनिष श्रेष्ठ, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV