अभिनेत्री मेनुका प्रधानको शैली पनि अचम्मको छ । उनी, अभिनित फिल्म ‘२ रुपैयाँ’ आजबाट रिलिज भएको छ । मेनुकाको मुखबाट यो फिल्मको बिषयमा खासै कुरा सुन्न दर्शकले पाएनन् ।

तर, बिहिबार काठमाण्डौमा आयोजना भएको फिल्म ‘साढे सात’को पत्रकार सम्मेलनमा भने मेनुका उपस्थित थिइन् । आफ्नो फिल्मको प्रचारमा कहिल्यै पनि उपस्थित नहुने यी कलाकार ‘साढे सात’को पत्रकार सम्मेलनमा उपस्थित भइन् र फिल्मको बारेमा थोरै मात्र बोलिन् ।

मिडियासँग दुरी बनाउने गरेकी यी अभिनेत्रीले अभिनय त राम्रो गर्छिन् । तर, फिल्मको प्रचारमा फिटिक्कै हिड्दिनन् । उनी, अभिनित धेरै फिल्म यो बर्ष हलमा रिलिज भए । तर, मिडियाले उनलाइ देख्न पाएनन् ।

मेनुकाले ‘२ रुपैयाँ’ चल्न लागेकोमा आफू उत्साहित भएको बताइन्, त्यो पनि कार्यक्रम संचालक नरेश भट्टराइको आग्रहमा । फिल्ममा काम मात्र गर्ने कि, त्यसको प्रमोशनमा पनि हिड्ने हो मेनुका जी । मेनुका फेरि कार्यक्रममा बोल्न भन्दा धेरै हाँस्ने गर्छिन् ।

For More videos Log on to Mazzako TV