आगामी तीनबर्षका लागि नयाँ कार्यसमिति चयन गर्न विहिबार काठमाण्डौंमा चलचित्र पत्रकार संघको नयाँ नेतृत्व छनौट गरिएको छ । चलचित्र पत्रकार संघको संस्थापक महासचिव समेत रहेका साथै २०६४ सालको चुनावबाट अध्यक्षको पद सम्हालिसकेका बरिष्ठ पत्रकार शान्तिप्रिय पुन एकपटक अध्यक्षको पदमा निर्वाचित भएका छन् ।
1

पत्रकार डब्बु क्षेत्रीलाई २० मतले पछि पार्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ६३ वटा मत मध्ये केन्द्रिय अक्ष्यक्ष पदमा निर्वाचित शन्तिप्रियले ४० र डब्बु क्षेत्रीले २० मत प्राप्त गरेका थिए । तीन मत बदर भएको थियो ।

चलचित्र पत्रकार संघको नवकार्यसमितीमा लक्ष्मण सुवेदी कार्यक्रम उपाध्यक्ष निर्विरोध निर्वाचित भए भने विष्णु सुवेदी संगठन उपाध्यक्ष र सन्दिप सापकोटा महासचिवमा बिजयी भएका छन् ।

संघको सचिवमा दिनेश सिटौला, कोषाध्यक्षमा कुबेर डंगोल र सदस्यहरुमा सुमन गैरे, बिजय आवाज, गिता अधिकारी, नेमिष गौतम, किरण खनाल विजयी भएका छन् ।

2

त्यस्तै पत्रकार महासंघको चुनावमा भाग लिन पाउने पार्षद सदस्यहरु तर्फ भने विदुर गिरी, सन्तोष रिमाल, नवराज लम्साल, दयाराम पाण्डे, कृष्ण भट्टराई, नरेश भट्टराई, अनन्त वाग्ले, ऋषिराम कट्टेल, धु्रव लम्साल विजयी भएका छन् ।

चलचित्र पत्रकार संघको छैठौ बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पु¥याउने तीन पत्रकारहरुलाई चलचित्र पत्रकारिता पुरस्कार २०७० ले सम्मान पनि गरियो ।

3

यसरी सम्मानित हुने पत्रकारहरुमा अनन्त वाग्ले, अशोक प्यासी राई र जयन सुब्बा मानन्धर रहेका छन् । नगद रु १५ हजार ५ सय ५५ सहित विभिन्न गिफ्ट ह्याम्परहरुबाट तीन चलचित्र पत्रकारहरुलाई सम्मानित गरिएको हो ।

 

For More videos Log on to Mazzako TV