त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘रानी’ कात्तिक २ गते लक्ष्मीपुजादेखि प्रदर्शनमा आउने भएको छ । बिहिबार राजधानीका एक कार्यक्रमको आयोजना गरि फिल्मको रोमान्टिक गीत रिलिज गर्दै प्रदर्शन मिति तोकिएको हो ।

फिल्ममा समावेश ‘भन भन’ बोलको गीतमा विजय घिमिरेको शब्द तथा संगीत रहेको छ भने, स्वर संगीतकार घिमिरे र निकिता थापाको छ । फिल्ममा नायिका मलिना जोशी नायक अनुपविक्रम शाही, नव नायकहरु सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । दयाराम दाहाल निर्दे्शित फिल्म ‘रानी’ लाई भानु महर्जनले निर्माण गरेका हुन् । फिल्मको रोमान्टिक गीत हेर्नुस् :

पुर्व मिस नेपाल मलिना तथा नव नायकहरु सरुक र, मनिष सुन्दर संग गरिएको मज्जाको कुराकानी मज्जाको टिभीमा चाडै आउँदैछ ।

For More videos Log on to Mazzako TV