दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर १२ घण्टामै ट्रेन्डिङ नम्बर वानमा आएको छ । ज्योतिषीको समय अनुसार बुधबार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा दिपक र दिपाले फिल्मको ट्रेलर रिलिज गरेका थिए । ट्रेलरलाई १२ घण्टामै ४ लाख २० हजार भन्दा बढि पटक हेरिएको छ । असोज ११ गते, फूलपातीको दिनदेखि देशभरबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ का गीत समेत हिट भैसकेका छन् ।

ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ को सिक्वेलको रुपमा आएको फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । छक्का पञ्जा २ समुहसँग गरिएको मज्जाको गफ हेर्नुस् :

For More videos Log on to Mazzako TV