निर्माता छविराज ओझाको निर्माणमा बनेको फिल्म ‘मंगलम’को पहिलो लोकलयको गीत सार्वजनिक भएको छ । असोज ११ लाइ प्रदर्शन मिति तय गरेसँगै निर्माता ओझा प्रचारमा आक्रामक देखिएका छन् ।

छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म ‘मंगलम’लाइ नवल नेपालले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक गीत ‘पर्ख पर्ख मायालु म पनि त जाम्ला’ बोलको गीतमा दीपक शर्माको शब्द तथा संगीत, कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ ।

यो गीतमा फिल्मका मुख्य कलाकार पुष्पल खड्का र शिल्पा पोख्रेलले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी उत्कृष्ट छ । फिल्ममा पुष्पल, शिल्पा, सामांज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV