यो बर्षको सर्वाधिक सफल फिल्म ‘म यस्तो गीत गाउँछु’को सिक्वेलको घोषणा भएको छ । निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म निर्माण गर्न लागेको बताएका हुन् । सुदर्शनले भने–‘हुनत, यो घोषणा अर्कै कार्यक्रम गरेर गर्नुपर्ने हो । हामी, चाडै नै एउटा कार्यक्रम पनि गर्छौ । तर, अहिले मेरो जन्मदिनको अवसर पारेर ‘म यस्तो गीत गाउँछु २’ बन्न लागेको जानकारी गराउँछु ।’
यो फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको नै मुख्य भूमिका रहनेछ । साथमा, यो फिल्ममा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । माघ महिनाबाट फिल्मको छायांकन सुरु हुनेछ ।

साथमा, सुदर्शनले अब बर्षमा २ वटा फिल्म बनाउने बताए । उनले ‘म यस्तो गीत गाउँछु २’सँगै अर्को एउटा डान्सको कथामा पनि फिल्म बनाउने बताए । यो फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । आउँदो बर्ष आफू निर्देशित २ वटा फिल्म प्रदर्शन हुने उनको भनाइ छ ।

For More videos Log on to Mazzako TV