‘हाँस्न अनि हसाँउनलाई के गर्ने ?’ प्रश्नको जवाफ सजिलो छ ‘अब छक्का पञ्जा २ हलमा लागेपछि हेर्ने’ । तर, अहिलेलाई भने छक्का पञ्जा २ को ट्रेलर हेरे पुग्छ । निकै मज्जाको कमेडीयुक्त सम्वादले भरिएको  यस ट्रेलरले रिलिज भएको छोटो समयमै लाखौं दर्शकको मन जितेको छ । ट्रेलरको भ्यु यही गतिमा बढ्ने हो भने यसले पनि अर्को रेकर्ड राख्ने पक्का देखिन्छ । ‘छक्का पन्जा २’ को ट्रेलर बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा युट्युबमा सार्वजनिक गरिएको हो ।

बडादशैको अवसर पारेर यही असोज ११ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र छक्का पञ्जा २ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । सिनेमाको यस अघि सार्वजनिक दुई गीतले दर्शकको मन जितिईसकेको परिपेक्षमा ट्रेलरलाई पनि दर्शकले निकै रुचाईरहेको निर्देशक दिपाश्रीले मज्जाको टिभीलाई प्रतिक्रिया दिईन् ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरी लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

फिल्मको पटकथा तथा संवाद दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले मिलेर लेखेका हुन् । चलचित्रलाई जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरी ‘भान्जा’ लगायतले संयुक्त रुपमा मिलेर बनाएका हुन् भने सिनेमाको कार्यकारी निर्मातामा विकासराज आचार्य रहेका छन् ।

 

For More videos Log on to Mazzako TV