नेपालमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरकोे रियालिटी शो नेपाल आइडल बिभिन्न कारणले चर्चा र बिबादमा तानिएको छ । यतिखेर आइडलको भोट गणना गर्ने कार्य नगर्न काठमाडौं जिल्ला अदालतल अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्धकोे रिटमा सुनुवाई गर्दै बुधबार यस्तो आदेश दिएका हुन् । मुद्दाको विपक्षी एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो ।


आइडलमा भोट गणना एक पक्षीयरुपमा गरेर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । २३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्नेछ ।

For More videos Log on to Mazzako TV