भदौ २३, बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’ को बुकिगं बुधबार बाटै खुला भएको छ ।  फिल्म सोलो रिलिज भएकाले पनि मल्टिप्लेक्समा ‘२ रुपैयाँ’ले यो वर्षकै धेरै शो पाएको छ । निश्चल बस्नेत र आशिफ शाह स्टारर यो फिल्मले राजधानीका क्युएफएक्सका हलहरुमा २४ शो पाएको छ ।

अझ मज्जाको कुरा त के छ भने, फिल्म रिजिज हुनु अगावै ‘कुटुमा कुटु’ बोलको गीतले २ करोड भ्युअर्स पार गरिसकेको छ । राजनराज सिवाकोटीको संगीत, स्वर तथा शब्द रहेको गीतमा मेलिना राई र राजन इशानले स्वरमा साथ दिएका छन् । अशिम शाहको निर्देशन रहेको फिल्ममा निश्चल र आशिफसँगै बुद्धि तामाङ, मेनुका प्रधान, टिका पहारी, राजन इशान लगायत कलाकारहरुको अभिनय छ । हेर्नुस् निश्चल र आशिफसँग गरिएको मज्जाको कुराकानी :

For More videos Log on to Mazzako TV