पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अब फिल्ममा अभिनेत्रीको रुपमा देखिने भएकी छिन् । एलिजा आफैले निर्माण गर्न लागेको फिल्मबाट अभिनेत्रीको रुपमा फिल्म क्षेत्रमा भित्रन लागेकी हुन् । उनले निर्माण गर्न लागेको फिल्मको नाम ‘अनुराग’ राखिएको छ । फिल्मको उनको जोडीको रुपमा मोडल दीपक घिमिरे रहनेछन् ।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको घोषणा गरिएको हो । सत्यराज चौलागाइले यो फिल्मको निर्देशन गर्नेछन् । पति ऋषिका कारण आफूले फिल्म निर्माण र अभिनयमा हात हालको एलिजाको भनाइ थियो । उनले पत्रकार सम्मेलनमा प्रेम, विछोड, रोदनको कथालाइ नयाँ शैलीमा ‘अनुराग’मा प्रस्तुत गर्ने बताइन् ।

यो फिल्ममा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाइ र अगत केसीको पटकथा तथा संवाद रहनेछ । फिल्ममा एलिजा अनु र दीपक रागको भूमिकामा देखिनेछन् । यो फिल्ममा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका रहेनछ ।

 

For More videos Log on to Mazzako TV