नेपाली फिल्म क्षेत्रमा कतिबेला के हुन्छ भन्ने कसैलाइ पनि थाहा हुँदैन । कुनै पनि फिल्ममाथि अर्को फिल्म जुनसुकै समयमा पनि भिड्न सक्छ । बार्गेनिङको खेल हुने नेपाली फिल्म क्षेत्र यही कारणले पनि माथि जान सकेको छैन ।

असोज ११ गतेलाइ प्रदर्शन मिति तोकेर फिल्म ‘छक्का पन्जा २’ले प्रचार आरम्भ गरेको लामै समय भैसकेको छ । फिल्मको २ वटा गीत, फस्टलुक, टिजर रिलिज भैसकेको छ । सोमबारसम्म फिल्म विजयादशमीको अवसर पारेर सोलो रिलिज हुने पक्का थियो ।

तर, मंगलबारबाट भने एकाएक कथा बदलिएको छ । अब, असोज ११ गते ‘छक्का पन्जा’सँग निर्माता छविराज ओझाको फिल्म ‘मंगलम’ पनि रिलिज हुने भएको छ । छविले केही महिना अगाडि असोज ११ मै फिल्म रिलिज गर्ने बताएका थिए ।

तर, पछिल्ला महिनामा भने उनी चुप बसेपछि असोज ११ मा उनको फिल्म नआउने पक्का पक्की थियो । तर, काठमाण्डौको वितरण गोपाल कायस्थ र काठमाण्डौ बाहिरको वितरण एफडी कम्पनीलाइ दिदै छविले फिल्मको प्रदर्शन मिति तोकेका छन् । फिल्मको फस्टलुकमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हातमा एउटा फ्रेम छ, जुन फ्रेममा फिल्मका मुख्य कलाकार शिल्पा पोख्रल, पुष्पल खड्का र पृथ्वीराज प्रसाइ छन् ।

छविराज ओझाको यो फिल्मलाइ नवल नेपालले निर्देशन गरेका छन् । फिल्म चल्नु भन्दा ठिक २० दिन अगाडि छविले प्रदर्शन मिति तोकेपछि फिल्म बजार फेरि गर्मिने भएको छ ।

For More videos Log on to Mazzako TV