यहि कात्र्तिक ९ गतेबाट अलनेपाल प्रदर्शनमा आउने अभिनेता रमेश उप्रेतीको निर्माण रहेको फिल्म ‘ऐश्वर्य’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा नायक उप्रेती, नायिका दीपिका प्रसाईं र अभिनेता प्रशान्त ताम्राकारलाई हाईलाइट गरिएको छ । अभिनेता रमेश तथा प्रशान्तको मुड हेर्दा रिसाहा देखिन्छ, दीपिका भने बोल्ड अबतारमा प्रस्तुत भएकी छिन् । धन सम्पत्ती प्राप्तीका लागि गरिने संघर्षको कथा नै फिल्म ‘ऐश्वर्य’ हो ।

फिल्म ‘ऐश्वर्य’  ’तिमि रोएको पल’ गीतका कारण चर्चामा छ । सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् । पछिल्लो समय एकपछी अर्को गीत मार्फत सफलता पाउदै गएका अर्जुनलाई यसले पनि सफलता दिदैछ । दिवाकर भट्टराईको निर्देशन रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माताको रुपमा रहेका छन् । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा प्रदर्शन हुनेछ ।

For More videos Log on to Mazzako TV