कुनै पनि फिल्म नचले निर्मातालाइ त गाह्रो हुन्छ नै । झन्, कलाकारलाइ पनि गाह्रो हुन्छ । फिल्म चल्दा सम्पूर्ण क्रेडिट नै आफू लिन खोज्ने कलाकारले नचल्दा भाग्न मिल्दैन ।
भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’का २ कलाकार पल शाह र आँचल शर्मा अहिले यही दबाबमा छन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि चर्चामा रहेका पलले ‘जोनी जेन्टलम्यान’ भने आफ्नो बलले नै चलाउनुपर्नेछ ।

यो फिल्म नचलेको खण्डमा पल शाहलाइ अप्ठ्यारो पर्ने पक्का छ । यता, ‘नाइ नभन्नु ल ४’ चलेपनि खासै चर्चा नपाएकी अभिनेत्री आँचल शर्मा काम भन्दा पनि पल शाहको प्रेमिकाको रुपमा चर्चित छिन् । उनले पनि आफ्नो कामलाइ पुष्टी गर्नुपर्ने बेला आएको छ । यसैले पनि यो फिल्मलाइ लिएर दुबै कलाकार दबाब महशुश गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV