यो बर्ष नेपाली फिल्ममा लभ स्टोरी कथा चलिरहेको छ । लभ स्टोरी फिल्मले मात्र सफलता चाखिरहँदा अब नेपाली फिल्म क्षेत्र कथातर्फ जाँदै छ भन्ने बहस पनि सुरु भएको छ ।
खुशीको कुरा के छ भने, यो बर्ष नेपाली फिल्ममा लभ स्टोरी फिल्मको ह्याट्रिक नै भएको छ । महिनामा एउटा फिल्म चलिरहेको समयमा लभ स्टोरी फिल्मको ह्याट्रिकले अब निर्माता–निर्देशकको ध्यान पनि यता जाने पक्का छ ।

असार ३० गतेबाट रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले बम्पर कमाइ गर्यो । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा थिए । यो फिल्मको ओपनिङ बबाल भयो ।

त्यसको २ सातापछि रिलिज भएको फिल्म ‘प्रेमगीत २’ले पनि बम्पर कमाइ गर्यो । प्रदिप खड्का र अश्लेषा ठकुरी फिल्मका मुख्य कलाकार थिए । यस्तै, भदौ १६ गतेबाट रिलिज भएको फिल्म ‘ए मेरो हजुर २’ले झनै आक्रामक व्यापार गर्यो । साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बनियाँ फिल्ममा मुख्य भूमिकामा थिए । यसरी, लगातार ३ महिनामा ३ वटा फिल्म चलेका छन् । तिनै वटा फिल्मको बिषयवस्तु लभस्टोरी छ । यसले गर्दा दर्शकले अहिले चकलेटी अनुहार र लभस्टोरी कथालाइ मन पराउन थालेको देखिएको छ ।

For More videos Log on to Mazzako TV