अभिनेत्री अशिष्मा नकर्मी आइतबार विरगञ्जबाट काठमाण्डौ आइन् । फिल्म ‘जस्मिन’को छायांकनका क्रममा उनी अहिले विरगञ्जमा छिन् । फिल्म ‘मेला’की मुख्य अभिनेत्री अशिष्मा एउटा लोकलयको गीत सार्वजनिक कार्यक्रमका लागि मात्र काठमाण्डौ आएकी थिइन् । उनी, आइतबार बेलुकी नै विरगञ्ज फर्किइन् ।

अशिष्माले पत्रकार सम्मेलनमा धेरै बोल्न नै सकिनन् । पत्रकारले सुरुवातमै ताली बजाइदिएपछि अशिष्माले धेरै बोल्न नसकेको बताइन् । तर, उनले ‘मेला’ आफ्ना लागि विशेष फिल्म भएको र एउटा राम्रो फिल्म बनेको बताइन् ।

अभिनेता आमेष भण्डारीले भने खुबै हसाँए । आमेषको डेब्यू फिल्म ‘फूलै फूलको मौसम तिमीलाइ’ हेर्न दर्शक हलमा आएनन् । तर, पत्रकार सम्मेलनमा भने पत्रकारहरुको उपस्थितीले हल खचाखच भरिएको थियो ।

हल भरिएको देखेपछि आमेषले आफूले यति धेरै मानिस त ‘फूलै फूलको मौसम तिमीलाइ’मा पनि नदेखेको बताए । उनले यसो भनिरहँदा पत्रकारमा हाँसो छुट्यो । कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’लाइ बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV