नेपाली फिल्म क्षेत्रमा ‘पर्खी बसे’ फिल्मबाट प्रवेश गरेका अभिनेता हुन्, राजवल्लभ कोइराला । राजवल्लभ कोइरालाले केही फिल्ममा काम गरे । तर, हलिउड फिल्म ‘हाइवे टू धम्पुस’मा काम गरेपछि भने उनको करिअर बदलियो । उनी अमेरिका पुगे ।

नेपाली फिल्म क्षेत्रका ह्यान्डसम हिरो राजवल्लभल अमेरिकामा नै बसे । अमेरिकामै बसेपनि राजवल्लभ केही पटक भने नेपाल आएका छन् । उनै, राजवल्लभले इन्गेजमेन्ट गरेका छन् । अविवाहित हिरोले अमेरिकामा नै इन्गेजमेन्ट गरेका हुन् ।

प्रती नाम गरेकी यूवतीसँग उनले इन्गेजमेन्ट गरेका हुन् । राजवल्लभ आफैले यो कुराको जानकारी नदिएपनि उनका साथीहरुले भने फेसबुकमा राज र प्रतीलाइ वधाइ दिएका छन् ।

For More videos Log on to Mazzako TV