गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकोे छ । ‘लजाएर मुस्कुराउने’ बोलको गीतको भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । भिडियोमा कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी रक्षा श्रेष्ठको मज्जाको केमेष्ट्रि देख्न सकिन्छ ।

अल्बिन थापा मगर र सिएलएस सुनिल श्रेष्ठको स्वर रहेको गीतको शब्द समेत गायक श्रेष्ठले नै लेखेका हुन् । गीतलाई प्रकाश नेपालीको संगीत छ । भिडियोलाई मनोरम दृष्यमा अनिल राना मगरले समेटेर निर्देशन गरेका छन् । विक्रम कार्कीले खिचेको भिडियो लाई संगीत श्रेष्ठले सम्पादन गरेका छन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV