नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित फिल्म ‘बटरफ्लाई’ को प्रदर्शन मिति फाइनल गरिएको छ । पुस २८ गतेका लागि फिल्मको प्रदर्शन मिति पक्का गरिएको निर्माण युनिटले बताएको हो । यतिखेर डबिङको काम धमाधम भैरहेको ‘बटरफ्लाई’ मा प्रियंका र आर्यनसंगै अर्पण थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्मको होली गीत यसअघिनै रिलिज भैसकेको छ ।

द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक गुरुङ हुन् । रमेश प्रजापति कार्यकारी निर्माता रहने ‘बटरफ्लाई’ मा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माताका रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV