आउँदो कात्र्तिक २४ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म ‘मेला’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘परिचय पाउँ’ बोलको गीत सार्वजनिक भएको हो । लोक शैलीमा आधारित गीतमा अन्जु पन्त र राम चन्द्र काफ्लेको आवाजमा सुन्न सकिन्छ । शब्द दिग्गज धुराली छ, भने संगीत अर्जुन पोख्रेलको रहेको छ । पवित्रा आचार्य कोरियोग्राफी रहेको गीतको भिडियोमा पवित्रा आफैं र नायक गजित विष्टले कम्मर मर्काएका छन् ।

बसन्त निरौलाको निर्देशन रहेको फिल्म ‘मेला’ मा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मको कथा, स्क्रिप्ट र संवाद हरि पन्तले गरेका हुन् फिल्ममा उनले सह निर्देशन समेत गरेका छन् । दिव्य सुवेदीको सिनेम्याटोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । राज राधिका इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘मेला’ को गीतको रिलिज कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथिको समेत उपस्थिती रहेको थियो । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV