कुनै समय नेपाली फिल्म क्षेत्रमा अभिनेता सुशिल क्षेत्रीको खुबै क्रेज थियो । सुशिलले भ्याइनभ्याइ रुपमा काम गरे । तर, अहिले सुशिल क्षेत्रीलाइ लिएर फिल्म बनाउन कोही पनि निर्माता अगाडि सर्दैनन् । सुशिलको स्टारडम अहिले छैन भन्दा पनि हुन्छ । तर, सुशिलले अझै पनि नेपाली फिल्म क्षेत्रलाइ नै निरन्तरता दिनु भने सुखद कुरा हो ।

उनै, सुशिल काठमाण्डौमा आयोजित एक फिल्मको शोमा भेटिए । सुशिल स्टेजमा पुगेर विभिन्न पोजमा तस्बिर खिचाइरहेका थिए । उनको पोज नै खतरा थियो । सुशिलले पछिल्ला केही बर्षमा फाट्टफुट्ट फिल्ममा अभिनय त गरेका छन्, तर बक्स अफिसमा ती फिल्म सफल छैनन् । यसैले पनि उनलाइ दर्शकले विर्सन थालेका छन् ।

For More videos Log on to Mazzako TV