वास्तवमा यी यूवतीको नाम अर्कै हो । तर, उनले आफ्नो नाम झरना नै राखेकी छिन् । शुक्रबार काठमाण्डौको गोपिकृष्ण हलमा अभिनेत्री झरना थापालाइ भेटेपछि उनी धुरुधुरु रोइन् । झरनाको लागि जे पनि गर्न तयारी यी फ्यानले उनलाइ सम्पर्क गर्न आफूसँग मोबाइल पनि नभएको बताइन् ।

शनिबार, कलाकारसहित काठमाण्डौको गोपिकृष्ण हलमा पुगेकी अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नी फ्यान झरनालाइ मोबाइल गिफ्ट गरिन् । झरनाकी फ्यानले हात काटेर आइ लभ यू समेत लेखेकी छिन् । ८ बर्षको उमेरदेखि झरनाको फिल्म हेर्न थालेकी यी फ्यानले हालसम्म ५३ वटा झरना थापा अभिनित फिल्म हेरेको बताइन् । यतिमात्र होइन, उनले त झरना थापाको तस्बिरहरु संकलन गरेर दुइवटा एल्बम नै तयार पारेकी छिन् ।

आफूले प्रचारका लागि झरनासँग यसरी भेट नगरेको बताउने उनले झरनालाइ बेला बेलामा फोन गर्ने वाचा समेत गरिन् । अभिनेत्री झरना थापा पनि आफ्नी यस्ती फ्यानलाइ देखेर खुशी र भावूक दुबै भइन् ।

For More videos Log on to Mazzako TV